अछाम किशोर मृत्यु प्रकरणमा मेयर नै पक्राउ

धनगढी । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ मा १७ वर्षीय किशोर विनोद शाही मृत प्रकरणमा मेयर अम्बिका चलाउनेसहित ७ जना पक्राउ परेका छन् ।

शाहीको हत्या अभियोगमा पञ्चदेवल विनायक नगरपालिकाकी नवनिर्वाचित मेयर चलाउनेसहित सात जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले जनाएको छ ।

शनिबार चलाउने र थप दुई जनासहित जम्मा ७ जनालाई पक्राउ गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक मोहनकुमार आर्चायले जानकारी दिए । पाँच जनालाई यसअघि नै पक्राउ गरिएको थियो । जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको बताएको छ ।

स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमाले कार्यकर्ताबीच भएको झडपका क्रममा बेपत्ता भएका किशाेर जेठ २१ गते घर नजिकैको भिरमा मृत भेटिएका थिए ।

उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाको नाममा प्रहरीसमक्ष किटानी जाहेरी दर्ता गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *