विराटनगरमा फिरौती रकम माग गर्ने दुईजना पक्राउ

काठमाडौँ । मोरङको विराटनगरमा डर-धम्की दिई फिरौती रकम माग गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गत जेठ ३१ गते विराटनगर वडा नं ३ निवासी मुकेश शर्मालाई धम्कीपूर्ण चिठ्ठी पठाई फिरौती रकम मागेको आरोपमा प्रहरीले विराटनगर वडा नं ४ कञ्चनबारी बस्ने ३९ वर्षीय गणेश कुमारलाई प्रहरीले पक्राउ गरेको हो ।
गणेश कुमारले चिठ्ठी पठाई फोनमार्फत् पटक-पटक डरधम्की दिई फिरौती रकम माग्ने गरेको प्रहरीले जनाएको छ । शर्माले आइएमईमार्फत् रु. २५ हजार पठाएकोमा जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ हसन्दहस्थित रहेको आइएमईबाट जिल्ला मोरङ पथरीशनिश्चरे नगरपालिका वडा नं. ६ बस्ने वर्ष २६ को विशाल ऋषिदेवलाई उक्त रकमसहित नियन्त्रणमा लिइएको छ ।
घटनामा संलग्न गणेश कुमार कार्कीलाई समेतलाई नियन्त्रण लिई थप अनुसन्धान कार्य शुरू भएको प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताएका छन् ।








