रविकाे दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ निर्वाचन आयोगमा दर्ता, चुनाव चिह्न घण्टी नै
२०७९ असार १७ गते

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयाेगले प्रस्तावित पार्टीकाे नाम र चुनाव चिह्नलाई नै मान्यता दिँदै दर्ता गरेकाे हाे । यसपछि पार्टीका सभापति रवि लामिछाने, प्रवक्ता मुकुल ढकाललगायतका नेताहरू निर्वाचन आयाेग पुगेर दर्ताकाे प्रमाणपत्र ग्रहण गरेका छन् ।
प्रवक्ता ढकालकाअनुसार प्रस्तावित चुनाव चिह्न घण्टीलाई नै आयोगले आधिकारिकता दिएको छ । यसअघि केही स्वतन्त्र उम्मेदवारहरूले पार्टीको नाम र चुनाव चिह्नविरुद्ध उजुरी दिएका थिए । तर, निर्वाचन आयाेगले मान्यता दिएका छ ।
२०७९ असार १७ गते
प्रतिक्रिया
सम्बन्धित








