‘साताका सात’ तस्बिर

जिर्ण त्रिचन्द्र

नेपालकै पुरानो क्याम्पस त्रिचन्द्र, ०७२ सालको भूकम्प पछी जिर्ण बनेको छ । यो क्याम्पसको जीर्णोद्धार गर्न विद्यार्थीहरूले आवाज उठाइरहेका छन् ।

असारे चटारो

मनसुन सुरु भएसँगै असारमा किसानहरू धान रोप्न मा व्यस्त हुन्छन् । उहिले गोरु जोतेर सम्म्याइने खेतमा आजकाल ट्र्याक्टरको प्रयोग बढी गरिन्छ ।

शरणार्थीको आवाज

गाँस बास र कपासको माग राख्दै राष्ट्रसङ्घीय शरणार्थी सम्बन्धी उच्च नियोग अघि प्रदर्शन गर्दै रोहिंग्या शरणार्थी ।

मतदाता बन्दै

मतदाता नामावलीमा नाम लेखाउन फोटो खिचाउँदै एक युवक ।

भ्याक्सिनको तयारी

५ देखि १२ वर्ष मुनिका बालबालिकाका कोरोना विरुद्धको भ्याक्सिन दिनुअघि तयारी गर्दै स्वास्थ्यकर्मी

नयाँ ल्याण्डफिल साइट

शिसडोल भरिएपछि काठमाडौँ महानगरले तयार पारेको धादिङको बन्चरे डाँडा ल्याण्डफिल साइट ।

बज्र

चाबहिल स्थित चारुमती बिहारको नामले समेत चिनिने धन्धो चैत्य अघि राखिएको बज्र ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *