बागमतीका मुख्यमन्त्रीविरुद्ध हस्ताक्षर सङ्कलन अभियान
२०७९ असार १६ गते

काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेविरुद्ध हस्ताक्षर सङ्कलन अभियान शुरू भएकाे छ । २०७८ असाेज ७ गतेकाे सहमतिअनुसार मुख्यमन्त्री पाण्डेकाे कार्यावधि सकिएकाे बताउँदै माओवादी-कांग्रेसका सांसदहरूले हस्ताक्षर सङ्कलन गरेका हुन् ।
कांग्रेसका एक सांसदकाअनुसार आवश्यक परेकाे खण्डमा प्रयाेग गर्ने प्रयाेजनसहित हस्ताक्षर सङ्कलन गरिएकाे हाे । असाेज ७ गते भएकाे त्रिपक्षीय समहमतिपत्र असार ९ गते सार्वजनिक भएकाे थियाे । उक्त सहमतिअनुसार पाण्डेले यसअघि नै पद छाेड्नुपर्ने थियाे ।
पाण्डे ०७८ कात्तिक ११ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनले करिब ८ महिना सरकार चलाइसकेका छन् । सरकारले आगामी मंसिरमा प्रदेश र प्रतिनिधि सभा निर्वाचनको तयारी अघि बढाइरहँदा अब पुग नपुग ५ महिना कार्यकाल छ ।
२०७९ असार १६ गते
प्रतिक्रिया
सम्बन्धित








