स्वतन्त्रहरूकाे पहिलाे संयुक्त विशेष भेला, बालेन-हर्कहरूलाई पनि निम्ताे

अरु काे-काे सहभागी हुँदैछन् भेलामा ?

काठमाडाैँ । स्वतन्त्र उम्मेदवारहरूकाे पहिलाे विशेष भेला असार १८ गते शनिवार काठमाडाैँमा हुँदैछ । भेलामा खासगरी आसन्न सङ्घीय निर्वाचनकाे तयारी, रणनीति र कार्यदिशाबारे छलफल तथा निर्णय गरिने राष्ट्रिय स्वतन्त्र उम्मेदवारी अभियानका संयाेजक डम्बर शाहूले जानकारी दिए । ‘हामी गत स्थानीय तह सदस्यकाे निर्वाचनमा प्राप्त मतकाे सम्मान गर्छाैँ,’ शाहूले भनेका छन्, ‘त्यही मतकाे कदर गर्दै अबचाहिँ कसरी अगाडि बढ्ने भन्नेबारे छलफल गर्छाैँ र एउटा निष्कर्षमा पुग्छाैँ ।’

यसबारे भेलाले अन्तिम निर्णय गर्ने उनी बताउँछन् ।

हर्क-बालेनहरूलाई पनि निम्ताे

भेलामा काठमाडाैँ महानगरपालिकामा स्वतन्त्ररूपमा जितेका बालेन्द्र शाह ‘बालेन’, धरान उपमहानगरपालिकामा स्वतन्त्ररूपमा जितेका हर्कराज राईलगायतलाई पनि निम्ताे पठाइएकाे शाहूले बताएका छन् । उनीहरूकाे ‘रेस्पाेन्स्’ के छ ? भन्ने प्रश्नमा उनले भने— हामीले निम्ताे पठाइसकेका छाैँ । उहाँहरूकाे जवाफ आइसकेकाे छैन । मलाई लाग्छ सम्भवत: उहाँहरू यसमा सकारात्मक हुनुहुन्छ र आउनुहुन्छ भन्ने लागेकाे छ ।

त्यसबाहेक गत स्थानीय तह सदस्य निर्वाचनमा स्वतन्त्ररूपमा निर्वाचितहरूलाई पनि बाेलाइएकाे छ ।

दलीय राजनीतिबाट जनता आजित भइसकेकाे निष्कर्षसहित आफूहरूकाे पाइला त्यतातर्फ माेडिएकाे शाहू बताउँछन् । ‘दलीय राजनीतिका कारण जनता आजित छन्,’ उनले भने, ‘हामीले यसलाई मनन गर्दै अब कसरी जाने, जनताकाे पक्षमा कसरी जुट्ने र भावी नीति र कार्यक्रम के हुने भन्नेबारे निष्कर्षमा पुग्नेछाैँ ।’

अरु काे-काे सहभागी हुँदैछन् भेलामा ?

भेलामा आसन्न सङ्घीय निर्वाचनमा स्वतन्त्ररूपमा उम्मेदवारी घाेषणा गरिसकेकाहरूलाई पनि बाेलाइएकाे छ । भेलामा काठमाडाैँ क्षेत्र नं. ६ बाट उम्मेदवारी घाेषणा गरेका अब्दुस मियाँ, काठमाडाैँ क्षेत्र नं. १ बाट उम्मेदवारी घाेषणा गरेका पुकार बम, काठमाडाैँ क्षेत्र नं. ३ बाट उम्मेदवारी दि घाेषणा गरेका हरिशरण लामिछानेलगायतलाई बाेलाइएकाे छ ।

यस्तै गत स्थानीय तह सदस्यकाे निर्वाचनमा काठमाडाैँमा बालेन्द्रसँग पराजित सुमन सायमी, काभ्रेपलाञ्चाचाेक क्षेत्र नं. १ बाट उम्मेदवारी दिन ठिक्क परेका मनाेज पण्डितलगायत सबै भेलामा आउने शाहूले बताएका छन् ।

उनले यसबाहेक अन्य सबैलाई बाेलाइएकाे बताएका छन् । ‘हामीले सबैलाई बाेलाएका छाैँ ,’ उनले भनेका छन्, ‘स्वतन्त्ररूपमा केही गर्न खाेज्नेहरूलाई हामीले बाेलाएका छाैँ । त्यहाँ सबैकाे आइडीयाबाट अगाडि जानेछाैँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =