माधव नेपालसँग बोल्नै छाडे फिर्ता भएका मन्त्री !

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सरकारबाट फिर्ता भएका मन्त्रीहरु आफूसँग बोल्नै छाडेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटीद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा उनले नेकपा एसबाट मन्त्री बनेर फिर्ता भएकाहरु आफू लगायतका नेताहरुसँग राम्राेसँग बोल्नै छाडेको गुनासो गरेका हुन् ।

सरकारबाट फिर्ता भएपछि प्रेम आलेले सो कुरा सार्वजनिक रूपमा नै भनेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य मन्त्रीहरूले समेत आफू ६ महिनाका लागि मात्रै सरकारमा सहभागी भएको हुँ भनेर भन्नुपर्ने बताए । ‘४ जना मन्त्रीमध्ये अहिलेसम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन,’ उनले भने,  ‘अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक(पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाईसमेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ ।’

मन्त्रीबाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमासमेत सहभागी नभएको उनले बताए । नेकपा एसबाट मन्त्री बनेका प्रेम आले, किसान श्रेष्ठ, रामकुमारी झाँक्री र विरोध खतिवडा तीन दिनअघि फिर्ता भएका थिए।

अहिले नेकपा एसबाट पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकासमन्त्रीमा मेटमणि चौधरी, श्रममन्त्रीमा शेरबहादुर कुँवर र हीराचन्द्र केसी स्वास्थ्य राज्यमन्त्री बनेका छन् । केसीलाई अहिले स्वास्थ्य राज्यमन्त्री बनाएर हाल राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − 2 =