महिलालाई प्रेमजालमा पारी गरगहना र पैसा लुट्ने व्यक्ति पक्राउ

काठमाडाैँ । महिलालाई प्रेमजालमा पारी गरगहना तथा रकम लुट्ने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बारा प्रसौनी गाउँपालिका वडा नं. ४ स्थित खुटवा घर भएका ३६ वर्षीय महमद रफिक रायभट रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उनीमाथि गत वैशाख ५ महाेत्तरीमा बस्ने एकजना महिलालाई राैतहट चन्द्रपुर नगरपालिकास्थित हाेटेलमा बाेलाइ रेडबुलमा नशालु पदार्थ मिसाएर बेहाेस बनाएकाे र महिलामाथि लुटपाट गरेकाे आरोप लागेको छ ।

महिलाबाट उनले सुनका गरगहनाहरु (कानको ४ आनाको सुनको रिङ थान २, कानमा लगाएको ३ आनाको सुनको मुन्द्रा थान ४, सुनको तिलहरी ४ आनाको थान १, मंलगसुत्र १ तोलाको थान १) हालको प्रचलित मुल्य रु. २,८०,०००।) र पर्समा रहेको रकम रु. १० हजार गरी जम्मा २ लाख ९० हजार बराबरकाे धनमाल लुटेका थिए ।

पक्राउ परेसँगै रायभटमाथि अनुसन्धान गर्ने क्रममा उनले महिलाहरूलाई फोन तथा सामाजिक सञ्जालबाट प्रेमजालमा पारी लुटपाट गर्ने गरेकाे खुलेकाे प्रहरीले जनाएकाे छ । उनले महिलाहरूलाई बाहिर घुम्न जाने बहानामा घरबाट बाहिर बोलाई बाहिर लग्ने गरेकाे र महिलाहरूकै नामबाट हाेटेल बुक गरी विभिन्न पेय पदार्थमा लठ्ठिने नसालु पदार्थ मिसाएर बेहोस पारी गरगहना तथा पैसा लुट्ने गरेकाे प्रहरी अनुसन्धानका क्रममा खुलेकाे छ ।

घटनाबारे थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *