आरोहण गुरुकुलमा वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ (तस्बिरहरू)

काठमाडौँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ को तेस्रो दिन, मंगलबार वाम्बुले राई भाषाको नाटक ‘सुम्निमा’ मञ्चन भएको छ । असार १२ गते देखि सुरु भएको उत्सवमा कविराज राई र रुपेश लामा द्वारा निर्देशित नाटक ‘सुम्निमा’ मञ्चन गरिएको हो ।

वाम्बुले राई समाज, ओखलढुङ्गाले तयार पारेको नाटक ‘सुम्निमा’ मा ग्रामीण किराँत समुदायको पितृसत्तात्मक सोच, एक निर्दोष नारीमाथि थुपार्दाको प्रतिबिम्बित परिघटना र परिणामलाई समावेश गरिएको छ ।

मुख्यतः हाम्रा सनातन संस्कारहरूलाई मानिसले बनाएको कि संस्कारले मानिसलाई बनाएको भन्ने परम्परागत सामाजिक मुद्दा नाटक ‘सुम्निमा’ले उठाउन खोजेको छ ।

बहुभाषिक नाट्य उत्सव अन्तरगतका नाटकहरू यही असार १२ देखि १८ गते सम्म हरेक साँझ ५:३० बजे कुञ्ज थिएटरमा रहेको आरोहण गुरुकुलमा मञ्चन हुनेछ । उत्सवमा लाप्चा, थारु, वाम्बुले राई, चाम्लिङ, पुमा, लिम्बु र खस भाषाका नाटकहरू मञ्चन हुनेछन् ।

तस्बिरमा नाटक ‘सुम्निमा’ :-

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *