नेपाली कम्युनिष्टमा हटेन ‘परिवारवाद’, वामदेवकाे पार्टीमा श्रीमती र छाेरा केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतमले अन्तत: पार्टी घाेषणा गर्दैछन् । यसकाे आधिकारिक घाेषणा मंगलबार दिउँसाे ३ बजे रिपाेटर्स क्लबमा आयाेजना हुने पत्रकार सम्मेलनबाट हुँदैछ । यसकाे तयारी तीव्र तयारी भइरहेकाे पार्टीका प्रचार केन्द्रीय प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले जानकारी दिए । पार्टीकाे नाम नेपाल कम्युनिष्ट पार्टी राष्ट्रिय एकता अभियान रहने छ । ‘३ बजे नै पार्टीका अन्य कमिटीहरूकाे पनि घाेषणा हुने भएकाेले हामी छलफलमा छाैँ,’ उनले भने, ‘३ बजेकाे पत्रकार सम्मेलनमा सम्भव रहेसम्म सचिवालय, सल्लाहकार समिति, परिषद्काे सदस्यहरूकाे पनि घाेषणा हुने प्रयास गरिरहेका छाैँ ।’

♦ याे पनि:
   वामदेवकाे पार्टीमा ५ दलबीच ‘मर्जर’, यी हुन् केन्द्रीय सदस्य (सूचीसहित)

पार्टीकाे केन्द्रीय समिति ६९ सदस्यीय छ । जसमा वामदेवले पत्नी तुल्सी [तुलसा] थापा र छोरा हरिषदेव गौतमलाई पनि अटाएका छन् । मकालुखबरलाई प्राप्त केन्द्रीय सदस्यहरूकाे सूचीमा तुल्सी दाेस्राे नं. मा छिन् भने हरिषदेव पाँचाै नं. मा छन् ।

नेपाली कम्युनिष्टका शीर्षस्थ नेताहरूकाे ‘परिवारवाद’सँग जाेडेर निकै आलाेचना हुने गर्छ । त्यसबाट वामदेवसमेत अछुताे रहेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *