वामदेवकाे पार्टीमा ५ दलबीच ‘मर्जर’, यी हुन् केन्द्रीय सदस्य (सूचीसहित)

काठमाडाैँ । मंगलबार दिउँसाे ३ बजे वामदेव गाैतमकाे नेतृत्वमा घाेषणा हुन लागेकाे नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानमा ५ दलबीच ‘मर्जर’ भएकाे छ । मर्जर हुने दलहरूमा समाजवादी केन्द्र, समाजवादी पार्टी नेपाल, आधुनिक नेपाल समाजवादी, नेकपा राष्ट्रवादी र आम नेपाली पार्टी रहेका छन् । यस पार्टीलाई निर्वाचन आयाेगमा दर्ता चाँडै गर्ने प्रस्तावित केन्द्रीय सदस्य एवम् प्रचार विभाग प्रमुख नीमकान्त पाण्डेले बताए । ‘त्याे प्रक्रिया चाँडै नै थाल्छाैँ,’ उनले भनेका छन् ।

♦   याे पनि:
   वामदेवकाे पार्टीकाे नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’, ६९ सदस्यीय केन्द्रीय कमिटी

पार्टीकाे ६९ सदस्यीय केन्द्रीय कमिटी छ । पार्टीकाे संयाेजक गाैतम रहँदा सचिवमा डीबी कार्की रहनेछन् । पार्टीकाे मुख्य उद्देश्य नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता नै हुने उनले बताएका छन् । ‘मुख्य उद्देश्यचाहिँ कम्युनिष्ट एकता नै हाे,’ उनले भनेका छन् ।

गाैतमले यसअघि नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *