वामदेवकाे पार्टीकाे नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’, ६९ सदस्यीय केन्द्रीय कमिटी

काठमाडाैँ । वामदेव गाैतमले घाेषणा गर्न लागेकाे पार्टीकाे नाम ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ रहने भएकाे छ । यसकाे आधिकारिक घाेषणा मंगलबार दिउँसाे ३ बजे रिपाेटर्स क्लबमा पत्रकार सम्मेलनमार्फत् हुँदैछ । प्रस्तावित केन्द्रीय सदस्य नीमकान्त पाण्डेकाअनुसार केन्द्रीय कमिटी ६९ सदस्यीय हुनेछ । त्यसकाे घाेषणा पनि आजै हुनेछ ।

पार्टीकाे सचिवालय पनि गठन भइसकेकाे छ । जुन ९ सदस्यीय हुनेछ । यस्तै सल्लाहकार समिति, राष्ट्रिय परिषद् पनि गठन भएकाे उनले बताएका छन् । आजकाे सम्मेलनमार्फत् केन्द्रीय कमिटीले गरेकाे निर्णयहरू पनि सार्वजनिक गर्ने कार्यक्रम रहेकाे छ ।

पार्टीकाे संयाेजकमा वामदेव गाैतम रहनेछन् भने सचिवमा डीबी कार्की रहनेछन् ।

पार्टीकाे मुख्य उद्देश्य नेपालका कम्युनिष्ट पार्टीहरूबीच एकता नै हुने उनले बताएका छन् । ‘मुख्य उद्देश्यचाहिँ कम्युनिष्ट एकता नै हाे,’ उनले भनेका छन् ।

गाैतमले यसअघि नेकपा एकता राष्ट्रिय अभियान चलाउँदै आएका थिए ।

♦ याे पनि:
   नयाँ दल घाेषणा गर्दै वामदेव गाैतम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *