ड्युटीका लागि हिँडिरहेका चिकित्सकमाथि ट्राफिक प्रहरीद्वारा निर्घात कुटपिट

काठमाडौँ । पुल्चोकस्थित आरोग्य स्वास्थ्य प्रतिष्ठानमा कार्यरत डा. कुल बहादुर घिसिङले आफूमाथि ट्राफिक प्रहरीले निर्घात कुटपिट गरेको घटनाप्रति ध्यानाकर्षण गरिदिन चिकित्सक संघ नेपाललाई आग्रह गरेका छन् ।

गत आइतबार असार १२ गते डिउटीका लागि अन्दाजी राति ०८ः४५ बजेको समयतिर एकान्तकुनास्थित फुटपाथमा हिँडिरहेको अवस्थामा ट्राफिक प्रहरी राजेन्द्र थापाले डा. घिसिङमाथि बिनाकारण कुटपिट गरेका हुन् । घिसिङले आफू ड्युटीका लागि हिँडेको बताई कार्यरत अस्पतालबाट प्राप्त परिचय पत्र देखाउँदासमेत कुरा नसुनी रगताम्मे हुने गरी कुटपिट गरेको बताएका छन् ।

चिकित्सक संघ नेपाललाई सम्बोधन गरी पीडित डा. घिसिङले ड्युटी गर्ने सहज वातावरण नभएकोमा ध्यानाकर्षण गराउन चाहेको उल्लेख गरेका छन् ।

साथै, सोही घटनाको उल्लेख गरी पीडित पक्षले जिल्ला प्रहरी परिसर, ललितपुरमा समेत कुटपिट गर्ने ट्राफिक प्रहरी राजेन्द्र थापाविरुद्ध उजुरी गरेको छ । बिना कसुर हातपात गरी घाइते तुल्याउने ट्राफिक प्रहरीमाथि आवश्यक कारबाही भई  घाइतेको उपचार खर्च व्यहोर्नुपर्ने मागसहित पीडित पक्षले ललितपुर प्रहरी परिसरमा उजुरी दर्ता गराएको हो ।

निवेदन तथा उजुरीः
No description available.
No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *