सीमान्तकृत महिलाहरूको समस्या समाधान गर्न कानुन बनाउँछौँ : मन्त्री रेग्मी

काठमाडाैँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले सीमान्तीकृत महिलाहरूकाे समस्या समाधान गर्न कानुन बनाउनुपर्ने बताएकी छिन् ।

संसद्मा विनियोजन बजेटमाथिकाे छलफल सकिएकाले अब समाजमा वर्षाैंदेखि दुर्व्यवहार सहँदै आएका सीमान्तीकृत (याैनकर्मी) महिलाहरूकाे पक्षमा कानुन बनाउनुपर्ने मन्त्री रेग्मीले प्रतिबद्धता जनाइन् । ‘सीमान्तकृत महिलाहरूकाे समस्या छ, समाजमा । नागरिकताकाे समस्या छ । जुन वर्गमाथि दुर्व्यवहार हुँदै आएकाे छ । उनीहरूमाथि हुँदै आएकाे दुर्व्यवहारविरूद्ध कानुन निर्माण गर्न सकिन्छ,’ उनले भनिन् ।

मन्त्रालयमा आयोजित सीमान्तकृत महिलासँग सम्बन्धित कानुनी व्यवस्थाहरूको विश्लेषणसम्बन्धी छलफल कार्यक्रम मन्त्री रेग्मीले सीमान्तकृत महिलाहरूको अवस्था वास्तविक रूपमा कसरी माथि उठाउन सकिन्छ ? सरोकारवाला पक्षहरूले सोच्न आवश्यक रहेको पनि बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *