कञ्चनपुरमा खेतमा काम गरिरहेका दुई जनाको चट्याङ लागेर मृत्यु

धनगढी । कञ्चनपुरको पुनर्वासमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । मंगलबार बिहान पानीसँगै परेको चट्याङ लागेर पुनर्वास नगरपालिका वडा नम्बर ६ टाउन बजारका ४० वर्षीय देवेन्द्र श्रेष्ठ र वडा नम्बर ८ पिकनिक स्पोट बस्ने २५ वर्षीया शारदा थापाको मृत्यु भएको हो ।

दुवै जना आ-आफ्नै खेतमा काम गरिरहेको अवस्थामा उक्त घटना भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले जानकारी दिए । उनका अनुसार शारदा खेतमा धान रोप्दै थिइन् भने देवेन्द्र खेतमा आली हाल्दै थिए ।

यसअघि मंगलबार बिहानै कञ्चनपुरकै एक जनाको कैलालीको मालाखेतीमा रोपाइँ गर्न गएका बेला चट्याङ लागेर मृत्यु भएको छ । सुदूरपश्चिममा बिहानै पानी परेपछि किसानहरू धमाधम रोपाइँको तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *