युएनएचसीआरको कार्यालय अगाडि शरणार्थीको धर्ना (तस्बिरहरू)

काठमाडौँ । नेपालमा बसोबास गरिरहेका विभिन्न देशका शरणार्थीहरूले आन्दोलित भएका छन् ।

उनीहरूले आज आफ्ना मागसहित काठमाडौँको महाराजगन्जस्थित संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोग (युएनएचसीआर)को कार्यालय अगाडि धर्ना दिएका छन् । कपन राममन्दिर आसपासमा विगत १२ वर्षदेखि बसोबास गर्दै आएका शरणार्थीहरूले आधारभूत आवश्यकता गाँस बास र कपासको माग राखी धर्ना दिएका हुन् ।

धर्ना दिनेमा म्यानमार, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, सोमालिया, इराकलगायत देशका शरणार्थीहरू छन् । कपनमा बसोबास गर्दै आएका करिब ५५० शरणार्थी मध्य म्यानमारका रोहिंग्या समुदायका बढी छन् । उनीहरू करिब ४०० को हाराहारीमा विगत १२ वर्षदेखि त्यस क्षेत्रमा बसोबास गर्दै आइरहेका छन् ।

उनीहरूका अनुसार अहिले उनीहरूलाई गाँस बास र कपासको ज्यादै समस्या पर्दै आएकोले युएनएचसीआरलाई ध्यानाकर्षण गराउन धर्ना दिइएको हो । गाँस बास कपाससँगै शिक्षा र स्वास्थ्य को माग पनि उनीहरूको छ । असार १३ गतेदेखि सुरु भएको धर्ना कार्यक्रम, माग पूरा नहुन्जेल जारी रहने एक शरणार्थीले मकालुखबरलाई बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *