नाट्य उत्सवमा थारु भाषाको नाटक ‘कनन हरलता’ (तस्बिरहरू)

काठमाडाैँ । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले आयोजना गरेको ‘बहुभाषिक नाट्य उत्सव २०७९’ अहिले थापा गाउँको कुञ्ज थिएटरमा रहेको आरोहण गुरुकुलमा शुरु भइरहेको छ ।

असार १२ देखि १८ गते सम्म सञ्चालन हुने उत्सवमा विभिन्न भाषाभाषीको ७ वटा नाटक मञ्चन हुँदैछ । उत्सवमा लाप्चा, थारु, वाम्बुले राई, चाम्लिङ, पुमा, लिम्बु र खस भाषाका नाटकहरू मञ्चन हुनेछन् ।

उत्सवकी संयोजक तथा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानकाे नाट्य विभाग प्रमुख निशा पोखरेलका अनुसार विभिन्न धर्म, समुदायका नागरिकबीच धार्मिक एवम् भाषिक सहिष्णुता अभिवृद्धि गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो ।

साेमबार महोत्सवको दोस्रो दिन, पुरानो नाट्य घर रौतहटको थारु भाषाको नाटक ‘कनन हरलता’ प्रस्तुत गरिएको थियो । महाभारतको युद्धपछि राजा परीक्षितको टाउकोमा सुनको रूप लिएर कलियुगले बास गरेको भन्ने धार्मिक कथनको वरपरका कथा समेटेर निर्देशक कुन्दन थारुले निर्देशन गरेको नाटक हो ‘कनन हरलता’

नाटकमा राजा परीक्षित का छोरा र छिमेकी राज्यकी राजकुमारीको बिच भएको वियोगान्त प्रेमकथालाई समेटिएको छ ।

बहुभाषिक नाट्य उत्सव अन्तरगतका नाटकहरू यही असार १२ देखि १८ गते सम्म हरेक साँझ ५:३० बजे कुञ्ज थिएटरमा रहेको आरोहण गुरुकुलमा मञ्चन हुनेछ ।

तस्बिरमा ‘कनन हरलता’ :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *