कैलालीबाट कार लुट्ने तीन जना भारतीय पक्राउ

धनगढी । कैलालीको बुढीतोलामा नेपाली नागरिकको कारसहित लुटपाट गरेर फरार भएका तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको हरियाणाका २१ वर्षका भगत सिंह, १७ वर्षका साहिल बादलिसे र २० वर्षका सन्नी जेट रहेका छन् ।

उनीहरूलाई गोदावरी नगरपालिका १ को ऐश्वर्य सामुदायिक वनबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वेदप्रकाश जोशीले जानकारी दिए । यसअघि प्रहरीले उनीहरूले लुटेर लगेको ०१–२३–च ६०२१ नम्बरको कार फेला पारेको थियो ।

उनीहरूले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई निर्घात कुटपिट गरी कार लुटेर लगेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *