गुह्येश्वरीमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । काठमाडौँको गुह्येश्वरीमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । काठमाडौँ महानगरपालिका वडा नं ७ गुह्येश्वरीको आयोजनामा शहिद स्मृती सामुदायिक भवन मैजु वहालको प्राङ्गणमा शिविर सञ्चालन चएको थियो ।

उक्त शिविरमा ७६३ जनाले निःशुल्क स्वास्थ्य सेवा तथा परामर्श लिएको केएमसीका जनरल मेनेजर नारायण दाहालले जानकारी दिए । त्यस्तै १२७ जनाको इसीजी, १९७ जनाको ल्याव, १६६ जनाको यूएसजी, ३७ जनाको दात खोलेको र ४४ जनालाई ओटी रेफर गरिएको दाहालले जानकारी दिए ।

पछिल्लो समय केएमसीले सक्रिय भई देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेको छ । सबैको पहुँचमा स्वास्थ्य सेवा होस् भनेर निःशुल्क स्वास्थ्य शिविरलाई प्राथमिकता दिएको केएमसीका निर्देशक सुनिल शर्माले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *