चितवनको माडीमा छोराले गरे आमाको हत्या

चितवन । चितवनको माडीमा छोराले आफ्नो आमाको हत्या गरेका छन् ।

माडी नगरपालिका वडा नं ६ स्याउलीबासका ३७ वर्षीय अर्जुन तामाङले धारिलो हतियारको प्रयोग गरी आमाको हत्या गरेका चितवन प्रहरीले जनाएको छ ।

५५ वर्षकी मायादेवी तामाङको घटनास्थलमै मृत्यु भएको थियो । घरनजिकै १०० मिटर पर मकै बारीमा अर्जुनले सामान्य विवादका क्रममा आमामाथि घाँटीमा हतियार प्रहार गरेका प्रहरीको भनाइ छ ।

चितवन प्रहरीले छोरा तामाङलाई नियन्त्रणमा लिएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको चितवन प्रहरीले जनाएको छ । अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी निरीक्षकसहितको टोली खटिएको छ ।

घटनास्थल इलाका प्रहरी कार्यालय माडीबाट ८ किमि पूर्व दक्षिणमा पर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *