बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटियो

कैलाली । कैलालीको बुढीतोलाबाट लुटिएको कर्मचारीको कार भेटिएको छ । जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलाबाट लुटिएको कम्प्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीको प्रदेश ०३–०१–०२३ च ८७२१ नम्बरको कार प्रहरीले भेटाएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेदप्रकाश जोशीले गोदावरी नगरपालिका १ स्थित पाठक आयल स्टोरदेखि शान्तिनगर जाने सडकखण्डमा कार फेला परेको बताए ।

कञ्चनपुरको दैजी घर भएका भण्डारी आलिताल गाउँपालिकामा कार्यरत कम्प्युटर अपरेटर हुन् । उनले आफू भारतीय नागरिकबाट लुटिएको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 2 =