राजीनामा दिँदै श्रममन्त्री श्रेष्ठले भने- ‘केही गल्ती गरिनँ, जति गरेँ राम्राे गरेँ’

काठमाडाैँ । श्रममन्त्री कृष्णकुमार श्रेष्ठले आफ्नाे कार्यकालमा आफूले केही नराम्राे नगरेकाे बताएका छन् । साेमबार बिहान राजीनामा दिन मन्त्रालयमा आयाेजित पत्रकार सम्मेलनलाई सम्बाेधन गर्दै मन्त्री श्रेष्ठले यस्ताे बताएका हुन् । ‘मेराे कार्यकालमा केही नराम्राे गरिनँ, जति गरेँ राम्राे गरेँ,’ उनले भनेका छन् । उनले आफूले आफैँलाई अङ्क नदिने उल्लेख गर्दै भने, ‘मैले जति गरेँ त्यसकाे अङ्क जनताले दिने हुन् ।’

यस्तै उनले आफूलाई मन्त्री पदमा टाँसिरहन मन नपर्ने बताए । ‘केही साथीहरूले केही समाचारहरूमा हामीले बालुवाटार खुमलटार धाए भनेर पनि भनियाे । यहाँ प्रष्ट हुन म अनुराेध गर्दछु । मलाई मन्त्री पदमा टाँसिरहन मन लाग्दैन, मन पर्दैन । म मन्त्री हुँदाभन्दा ठूलाे गाडी चढेर आएकाे छु ।’

उनी २०७८ असाेज २२ गते श्रममन्त्रीमा नियुक्त भएका थिए । श्रेष्ठ बिदा भएसँगै श्रम मन्त्रालयकाे जिम्मेवारी अछामका शेरबहादुर कुँवरले पाएका छन् । उनी अहिले कुनै पनि सङ्घीय संसद्‌काे सदस्य छैनन् । नेपालकाे संविधान २०७२ ले गैससांसदलाई बढीमा ६ महिनासम्म मन्त्री बन्ने सुविधा दिएकाे छ । यसअघि पनि गाेविन्द प्रसाद काेइराला बन्दी मन्त्री बनेका हुन् । उनी पनि गैरसांसद हुन् ।

♦ याे पनि:
   गैरसांसद कुँवर पनि मन्त्री बन्दै

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + sixteen =