पत्रकार सम्मेलन गर्दै सहरी विकास मन्त्री झाँक्री र पर्यटन मन्त्री आले
२०७९ असार १२ गते

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले अहिले केहीबेरमा पत्रकार सम्मेलन गर्ने भएकी छन् । समसामयिक विषयमा जानकारीसहित विशेष घोषणा गर्न मन्त्री झाँक्रीले मन्त्रालयमा पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ ।
त्यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले समेत अहिले साँझ साढे ५ बजे पत्रकार सम्मेलन गर्ने तयारी गरेका छन् । उनले आज यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् । आफ्नो कार्यकालमा भए गरेका काम कारवाही र समसामयिक विषयमा जानकारी दिन उनले पत्रकार सम्मेलन गर्न लागेको बुझिएको छ।
२०७९ असार १२ गते
प्रतिक्रिया
सम्बन्धित









