‘तेरो र मेरो मान्छे भनेर न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत’

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्द प्रसाद शर्मा कोइराला (गोविन्द बन्दी) ले ‘तेरो र मेरो मान्छे भनेर न्यायाधीश नियुक्त गर्दा न्यायालय विकृत भएको बताएका छन् ।

राष्ट्रिय सभाका सदस्यहरुले उनलाई ‘अदालत पटक पटक विवादमा किन आइरहेको छ ? विवादका कारण न्यायप्रति रहेको जनास्थामा प्रतिकुल असर पर्यो । समाधानका लागि सरकार के गर्दैछ ? भनी प्रश्न गरेका थिए । जवाफ दिँदै मन्त्री कोइरालाले न्यायालयमा विकृति र विसंगति रहेको स्वीकार गरेका हुन् ।

उनले न्यायलयमा विकृति र विसंगति रहेको स्वीकार मात्रै गरेनन्, यसको जरो न्यायाधीश नियुक्तिमा रहेको ठोकुवा नै गरे ।

‘न्यायलयमा विकृति र विंसगंतिको सुरुवात न्यायाधीश नियुक्तिबाट भएको हो’ उनले थपे, ‘हामीले न्यायाधीश नियुक्त गर्दा योग्यता, क्षमता, निश्पक्षता र उसले गरेर आएको कामको आधारमा योग्य छ कि छैन ? भन्ने हेरेनौं, मेरो मान्छे र तेरो मान्छे भनेर न्यायाधीशहरु नियुक्त गर्यौं । यसले न्यायलयभित्र राजनीतिक नियुक्ति भयो भन्ने आयो ।’

सर्वोच्च अदालतले गठन गरेको हरिकृष्ण कार्कीको नेतृत्वको समितिले पनि न्यायाधीश नियुक्तिमा भएको कमजोरीले न्यायालयभित्र विकृति र विसंगति बढाएको उल्लेख गरेको मन्त्री बन्दीले स्मरण गरे ।

सुधारका लागि सरकारले न्यायाधीश नियुक्ति निर्देशिका तयार गरिसकेको उनले जानकारी दिए । तयार निर्देशिका यसै साता राजपत्रका प्रकाशित हुने र कार्यान्वयनमा आउने उनले बताए । ‘मन्त्रालयले न्यायाधीश नियुक्तिसम्बन्धी निर्देशिका तयार गरेको छ, छलफल भइरहेको छ । यही हप्ता निर्देशिका राजपत्रमा प्रकाशित गरेर त्यस आधारमा न्यायाधीशरु नियुक्त गर्ने प्रक्रिया अवलम्बन गरिनेछ’ उनले भने ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + twelve =