राजसंस्थाको एजेन्डा बोक्दा हिन्दू राष्ट्र स्थापना हुन सक्दैन : कमल थापा

धनगढी । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको एजेन्डा बोक्दा हिन्दू राष्ट्र स्थापना हुन नसक्ने बताएका छन् । पार्टी संगठन विस्तारका कार्यक्रममा सुदूरपश्चिम पुगेका थापाले शनिबार धनगढीमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष थापाले यस्तो धारणा राखेका हुन् ।

उनले हिन्दू राष्ट्र स्थापना हुन नसक्ने देखेपछि नै राजसंस्थाको एजेन्डा छोडेको बताए । ‘राजा नेपाली जनतालाई आवश्यक छैन । आम जनताको अपेक्षाअनुसार नै आफूले राजसंस्थाको एजेन्डा छोडेर हिन्दू राष्ट्रको एजेन्डा अगालेको हुँ,’ उनले भनेका छन् ।

राजसंस्थाका कारण हिन्दू राष्ट्र स्थापनामा आफूले जनताको साथ नपाएको उनको भनाइ छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन अध्यक्षमा पराजित बनेका थापाले फेरी राप्रपा नेपाललाई पुनर्जागरण गरेका हुन् । उनले महाधिवेशनमा पूर्वराजाले असहयोग गरेको आरोप पनि लगाए ।

जनताका मागको आधारमा हिन्दू राष्टको एजेन्डा लिएर गइरहेको बताउँदै थापाले अब देशको राम्रो शक्तिका रुपमा राप्रपा नेपाल उदाउने उनको दाबी छ । आगामी निर्वाचनमा आफ्नो पार्टीसंग कुरा मिल्ने पार्टीसँग सहकार्य हुने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *