वामदेवकाे किटानी:

‘कांग्रेसकाे समर्थन र नेकपाकाे नेतृत्वमा मात्रै आमूल परिवर्तन सम्भव हुन्छ’

काठमाडाैँ । नेकपा एकता राष्ट्रिय अभियानका संयाेजक वामदेव गाैतमले नेकपाकाे नेतृत्वमा मात्रै देशमा आमूल परिवर्तन सम्भव हुने किटान गरेका छन् । त्यसमा कांग्रेसकाे सहयाेग भने हुनुपर्ने निष्कर्ष उनकाे छ । अभियानकाे दाेस्राे पूर्ण बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा भनिएकाे छ, ‘अब पनि जति क्षेत्रमा आमूल परिवर्तनको आवश्यकता पर्नेछ, नेपाली कांग्रेस पार्टीको सहयोग र सहकार्य तर नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वमा मात्र सम्भव हुनेछ ।’

उनले कांग्रेस परिवर्तनवादी नभइ सुधारवादी भएकाेले पनि यसकाे सम्भावना नरहेकाेमा जाेड दिएका छन् । त्यसअघि उनी भन्छन्, ‘नेपाली कांग्रेस पार्टीको पनि मूल चरित्र आमूल परिवर्तनकारी नभइ सुधारवादी रहेको छ । त्यसैले देशकाे आमूल परिवर्तन सम्भव हुँदैन । त्यसो भएर सहकार्य गर्दा जहिले पनि कम्युनिष्ट पार्टीले नेपाली कांग्रेसका कमी-कमजोरीका आलोचना र सबल पक्षलाई प्रोत्साहन गर्ने नीति अवलम्बन गर्नुपर्छ ।’

♦  याे पनि:
   चाँडै नेकपा समाजवादी र माओवादीसँग पार्टी एकताका लागि वार्ता हुन्छः बामदेव गौतम

संयाेजक गाैतमले कांग्रेसले सरकारकाे नेतृत्व गरेकाे बखत राष्ट्रलाई घाटा हुने धेरै कामहरू भएकाे औंल्याएका छन् । ‘नेपाली कांग्रेसको नेतृत्वमा सरकार भएका बखत धेरै पटक राष्ट्रलाई नोक्सान पुग्ने कामहरू भएका छन् । यो पक्षलाई नेपाली कांग्रेससँग सहकार्य गर्दा कम्युनिष्टहरूले हेक्का राख्नुपर्छ,’ उनले भनेका छन् ।

उनले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहाुदर देउवा नेतृत्वकाे सरकार जानेर वा नजानेर गम्भीर विषयलाई विचारै नगरी नेपाललाई महाशक्ति राष्ट्र पक्षधर
बनाइरहेको बताएका छन् । ‘रुस-युक्रेन युद्धमा गल्ती रुसकै देखिन्छ तर यसमा नेपालले तटस्थता असंलग्नता प्रकट गर्नुपर्नेमा अमेरिकी सरकारको रुसविरुद्ध राखेको प्रस्तावमा हस्ताक्षर गरेर नेपाललाई अमेरिकी पक्षधर देखाइयो । त्यस्तै-त्यस्तै दक्षिण एसियाको महाशक्ति राष्ट्र भारतलाई खुसी बनाउन त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका अवसरमा विचारै नगरी देउवाले पश्चिम-सेती हाइड्रो प्रोजेक्ट भारतलाई प्रदान गर्नुभयाे,’ उनल भनेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × five =