चाँडै नेकपा समाजवादी र माओवादीसँग पार्टी एकताका लागि वार्ता हुन्छः बामदेव गौतम

काठमाडौँ । नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले पार्टी एकताका लागि चाँडै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रसँग वार्ता गर्ने घोषणा गरेको छ ।

आज शनिबार बसेको एकता अभियानको बैठकमा राजनीतिक प्रतिवेदन पेश गर्दै गौतमले एकताका लागि वार्ता कमिटी बनाउने प्रस्ताव अघि सारेका छन् । उनले भने,  ‘हामी नेकपा एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्रसँग पार्टी एकताका निम्ति वार्ता शुरू गर्नेछौँ ।’

गौतमले एकीकृत समाजवादी र माओवादीसँग मात्र नभएर जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा लगायतका सबै कम्युनिस्ट तथा समाजवादी पार्टी र समूहहरूलाई एकीकृत गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । उनले भने, ‘हाम्रो प्रस्ताव मान्य भयो भने २०७५ जेठ ३ मा एकीकृत भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुनरोदय हुनेछ ।’

तत्कालीन एमाले र माओवादीबीच २०७५ साल २ जेठ गते भएका सहमति र समझदारीहरूलाई नै संशोधनसहित अघि सारिएको गौतमको भनाइ छ । साथै। उनले पार्टीमा दुई अध्यक्ष रहने व्यवस्थाको साटो एक मात्र अध्यक्ष राख्नु उपयुक्त हुने पनि बताएका छन् । पार्टी एकताका लागि राजनीतिक प्रस्ताव पेश गर्दै उनले भने, ‘पुनः एकीकृत पार्टीमा एउटा अध्यक्ष र एक सहअध्यक्ष वा मानर्थ अध्यक्ष र कार्यकारी महासचिवको व्यवस्था उपयुक्त हुनेछ ।’

संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जाने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने, राष्ट्रपति, मुख्यमन्त्री र पालिका प्रमुखमा मात्र स्वतन्त्र उम्मेदवारी दिने पाउने व्यवस्था गर्न समेत गौमतले प्रस्ताव गरेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *