युक्रेनमा के भइरहेको छ ?

काठमाडाैँ । शनिबार युक्रेनले हप्तौँको भीषण लडाइँपछि रुसी सेनाले सेभेरोडोनेट्स्कलाई पूर्ण रूपमा कब्जा गरेको बताएको छ ।

रुसले पूवी युक्रेनको सो सहर नियन्त्रणमा लिएपछि लगभग लुहान्स्क र डोनेट्स्क क्षेत्रका थुप्रै भूभाग नियन्त्रणमा राख्न सक्छ । डोनेट्स्क र लुहान्स्क क्षेत्रलाई डोन्बास भनिन्छ जुन एउटा ठूलो औद्योगिक क्षेत्र पनि हो । साँझको भिडिओ सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसले कब्जा गरेका आफ्ना सबै सहरहरू फिर्ता लिने दाबी गरे ।

तर उनले रुससँगको युद्ध भावनात्मक रूपमा कठिन चरणमा प्रवेश गरेको र अझै कति प्रहार र नोक्सानी हुन्छ भन्ने यकिन नभएको बताए । रातभर रुसले युक्रेनको उत्तर र पश्चिममा क्षेप्यास्त्र प्रहार गरेको छ । किएभको पश्चिममा रहेको सर्नी सहरमा कम्तीमा तीन जनाको मृत्यु भएको र थप मानिस भग्नावशेषमा पुरिएको हुन सक्ने स्थानीय अधिकारीले बताएका छन् ।

केही रकेट बेलारुसबाट प्रहार गरिएको युक्रेनले जनाएको छ । बेलारुसले रुसलाई युक्रेन युद्धमा सहयोग पुर्‍याएको छ तर त्यहाँका सेना आधिकारिक रूपमा द्वन्द्वमा सहभागी भएको छैन । युक्रेनको गुप्तचर सेवाले क्षेप्यास्त्र प्रहार गर्नु बेलारुसलाई युद्धमा होम्न क्रेमलिनले गरेको प्रयासको अंश भएको बताएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *