छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जित्यो डान्सिङ स्टार्स नेपालको उपाधि

काठमाडौँ । टेलिभिजन रियालिटी शो डान्सिङ स्टार्स नेपालको उपाधि छिरिङ शेर्पा र सरोज प्रजाको जोडीले जितेको छ । शुक्रबार राति सम्पन्न फाइनलमा उपाधि जितेसँगै जोडीले १५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको हो ।

प्रीति आले मगर र शेखर घर्ती मगरको जोडीले फस्ट रनरअप हुँदै दुई लाख रुपैयाँ जितेको छ भने परमिता राणा र जेडी तमुको जोडी सेकेन्ड रनरअप भए ।

गत जेठदेखि सुरु भएको प्रतिस्पर्धामा १२ जना सेलिब्रिटी र कोरियोग्राफर जोडीले भाग लिएका थिए । गौरी मल्ल, दिलीप रायमाझी र रेनशा बान्तवा राई निर्णायक थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *