‘साताका सात’ तस्बिर

गोधुली साँझ
नयाँ बानेश्वर क्षेत्रबाट सूर्यास्त हुनुअघि कैद गरिएको दृश्य ।

एनओसी को सकस
विद्यार्थी भिसामा विदेश जानुअघि एनओसी लिनेको भिड । शिक्षा मन्त्रालयबाट लिनुपर्ने एनओसी लिन व्यवस्थापनको कमजोरीका कारण दिनमा सयौँ विद्यार्थीले दुख झेलिरहेका छन् ।

चर्खामा बत्ती काट्दै
ललितपुरमा सञ्चालित ‘मेड इन ललितपुर’ प्रदर्शनीमा चर्खामा बत्ती काट्दै एक महिला ।

खोपको तयारी
५ देखि १२ वर्ष मुनिका बालबालिकाका कोरोनाविरुद्वको खोप दिनुअघि तयारी गर्दै स्वास्थ्यकर्मी ।

सेभ त्रिचन्द्र
त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण र प्रबलीकरण गर्न सरकारलाई दबाब दिने उद्देश्यले विद्यार्थीहरू ‘सेभ त्रिचन्द्र’ अभियान सञ्चालन गर्दै ।

धन्धो चैत्य
चाबहिलस्थित चारुमती बिहारको नामले समेत चिनिने धन्धो चैत्य, यो चैत्य उपत्यकामा भएका चैत्यहरूमध्ये पुरानो चैत्य मानिन्छ ।

बसिबियाँलो
कामको थकानबीच आराम गर्दै काष्ठकर्मीहरू ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *