सौगात मल्ल र अर्पण थापा अभिनित ‘लाखे’को पोस्टर सार्वजनिक

काठमाडौँ । नेपाली चलचित्र लाखेको पहिलो पोस्टर सार्वजनिक भएको छ । अभिनेता सौगात मल्ल र अर्पण थापाको मुख्य भूमिका रहेको फिल्म ‘लाखे’को फर्स्ट लुक सार्वजनिक भएको हो ।

फिल्मको पोस्टर लाखेले लगाउनेजस्तै मुखौटाहरूले भरिएको छ । सम्राट बस्नेतको निर्देशनमा बनेको यस फिल्ममा सौगात र अर्पणसँगै आर्यन अधिकारी, अनुप विक्रम शाही, वर्षा राउत, सुशिल सिटौला लगायतका कलाकारको अभिनय रहेको छ ।

हरि मल्ल ठकुरीले निर्माण गरेको यो फिल्म औरियन प्रोडक्सन तथा ग्लोबल मिडिया रिसर्च सेन्टरको ब्यानरमा बजारमा आउने भएको हो ।

फिल्म भदौ ३१ गतेबाट देशैभर प्रदर्शनमा आउने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *