जुनियर मिस नेपाल २०२२ को उपाधि क्रिन्जीलालाई

काठमाडौँ । यस वर्षको जुुनियर मिस नेपाल २०२२ को ताज सिन्धुपाल्चोककी क्रिन्जीला श्रेष्ठले पहिरिएकी छन् । फाइनल प्रवेश गरेका २० प्रतिस्पर्धीलाई उछिन्दै १२ वर्षीय क्रिन्जीला जुनियर मिस नेपाल बनेकी हुन् ।

जुनियर मिस नेपालको ताजसँगै उनले ३ वटा टाइटल अवार्ड पनि जितेकी छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा न ५ की श्रेष्ठले हालै सम्पन्न जुनियर मिस एण्ड मिस्टर नेपाल इन्टरनेशनल २०२२ को ग्राण्ड फिनालेमा मोष्ट कन्फिडेन्स अवार्ड, फेसबुक च्वाइस विनर र पब्लिक च्वाइस विनर समेत जितेकी हुन ।

चौतारा भिन्तुनाचोक निवासी लोककुमार श्रेष्ठ र रमिला श्रेष्ठकी १२ वर्षीय सुपुत्री क्रिन्जिला कक्षा ७ मा अध्ययनरत छन् । जुनियर मिस नेपाल इन्टरनेशनल २०२२ को उपाधि भने यस पटक सुरबी प्रजापति बनिन् ।

रिबन इन्टरटेन्टमेन्ट प्राइभेट लिमिटेडले आयोजना गरेको जुनियर मिष्टर एण्ड मिस नेपाल इन्टरनेशनल २०२२ मा १४ वर्षमुनिका २० बालिकाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *