चामुण्डाको नीति तथा कार्यक्रम : गर्भवती महिलाहरूकाे घरमै स्वास्थ्य परीक्षण

सुर्खेत । दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिकले आर्थिक वर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । नगरपालिकाले नगरभित्रका गर्भवती महिलाहरूलाई टेलिमिडिसिन सेवामार्फत घरमै गएर स्वास्थ्य परीक्षण गर्ने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।

यस्तै, नगरपालिकाले कृषि तथा पशुपालनको क्षेत्रमा एक वडा एक उत्पादन विशेष कार्यक्रमलाई कृषिमा आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गरिने नीति लिएको जनाएको छ । बिहीबार नगरपालिकाले आर्थिक वर्ष २०७९⁄०८० को नीति तथा कार्यक्रम ११औँ नगर सभामा गर्दै नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।

नगर प्रमुख गणेशकुमार शाहीले नगरसभामा बुधबार निति तथा कार्यक्रम प्रस्तुत गर्दै ‘दिगो विकासका लागी पूर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा र रोजगार,समृद्ध चामुण्डाबिन्द्राशैनी नगर निर्माणको मूल आधार’ भन्ने नाराका साथ योजना अगाडी सारिएको बताए ।

यस्तै, नगरपालिकाले आगामी ३ वर्षभित्रमा नगरका सबै वडामा स्वच्छ सफा पिउने पानीको सहज सुविधा उपलब्ध गराउन ‘एक घर एक धारा’ नीतिलिई मजुवा खाने पानी योजनालाई व्यवस्थित र पारदर्शी बनाई डौसुरसम्मका लक्षीत उपभोक्ताहरूलाई नियमित पानी उपलव्ध गराउने नीति लिएको नगर प्रमुख शाहीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *