प्रचण्डकाे दाबी- ‘वामपन्थीहरूमा पहिलाे दल बन्छाैँ’

१२ बुँदे एमसीसीकाे अङ्ग बनिसक्याे

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [माओवादी केन्द्र] का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले १२ बुँदे व्याख्यात्मक घाेषणा एमसीसीकाे अङ्ग बनिसकेकाे दाबी गरेका छन् । पहिले विपक्षमा रहेकाे माओवादी केन्द्र फागुन १५ मा संसद्‌बाट पारित गर्नेबेलामा भने १२ बुँदे व्याख्यात्मक घाेषणाकाे सहारामा सहमत भएकाे थियाे । यसकाे बचाउ गर्दै उनले भनेका छन्, ‘हामीले एमसीसी व्याख्यात्मक घाेषणाबिना पारित नगर्ने भन्याैँ, राष्ट्रघात हुन्छ भन्याैँ । हाम्रै अडानले पछि त्यसमा १२ बुँदै व्याख्यात्मक घाेषणा बन्याे र पारित भयाे । जुन एमसीसीकाे अङ्ग बनिसकेकाे छ र अमेरिकाले स्वीकारिसकेकाे छ ।’

यदि उक्त व्याख्यात्मक घाेषणाबिना पारित गरिएकाे भए देश दुर्घटनामा जाने डर भएकाे उनले बताए । ‘यदि राष्ट्रघात हुने सम्भावना बढ्याे भने र राष्ट्रका हितमा देखिएन भने त्यसलाई पन्छ्याने अधिकार नेपालसँग सुरक्षित छ । त्यसकाे प्रत्याभूत १२ बुँदे घाेषणाले गरेकाे छ । त्यसैले यसबाट काेही कसै पनि भत्किनुपर्ने छैन । यदि नेपालकाे राष्ट्रिय हितविपरीत हुने भयाे भने त्यसलाई हामी अस्वीकार गर्न सक्छाैँ । त्याे अधिकार हाम्राे देशलाई छ । हाम्राे पार्टीलाई छ ।’

‘एसपीपी ओली नै प्रधानमन्त्री र रक्षामन्त्री हुँदा आएकाे हाे’

उनले राष्ट्रघात गठबन्धनकाे सरकारले नभइ एमालेले नै गरेकाे आराेप लगाए । एसपीपीकाे प्रसङ्ग जाेड्दै उनले भनेका छन्, ‘जहाँसम्म एसपीपीकाे कुरा छ । त्यसमा गठबन्धनकाे कुरै आउँदैन । त्याे राष्ट्रघात गर्न खाेज्ने त केपी ओली नै हुन् । एसपीपी जतिबेला आयाे । त्यसबेला नेपालकाे प्रधानमन्त्री र रक्षामन्त्रीसमेत केपी ओली नै थिए । उनैले गरेका हुन् ।’

त्याे कुरा २०१५ काे भएकाे दाेहाेर्‍याउँदै उनले अहिले ‘मलाई थाहा छैन’ भन्नु झुटबाहेक केही नभएकाे जिकिरसमेत गरेका छन् । ‘अहिले म सुन्छु, मलाई थाहा दिइएन भनेकाे; तर त्याे जनतालाई झुक्याउने काम मात्रै हाे । याे दिउँसै रात पार्ने कुरा हाे ।’ पत्रमा ‘सरकारकाे अनुमतिले’ भनेकाे र ‘रक्षा मन्त्रालयलाई बाेद्धार्थ’ दिइएकाे कुराले पनि त्याे काम ओलीकै निर्देशनमा भएकाे कुराकाे पुष्टि गर्ने प्रचण्डकाे भनाइ छ । ‘मैले बिहान ओलीकै पालामा भएकाे भनेर भनेकाे थिएँ । दिउँसाे केपी गुटकै एक नेताले संसद्‌मा प्रमाणित गरेर देखाउ भनेछन् । त्यसकाे २ घण्टामा त पत्रै बाहिरियाे । त्यसपछि छर्लङ्गै भएकाे छ ।’

‘आसन्न निर्वाचनमा माओवादी दाेस्राे ठूलाे दल बन्छ’

प्रचण्डले आसन्न प्रादेशिक र सङ्घीय निर्वाचनमा माओवादी केन्द्र दाेस्राे ठूलाे दल बन्ने दाबी गरेका छन् । त्याे आधार बाँकी नै रहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘हामी देशकाे दाेस्राे ठूलाे दल बन्छाैँ । हामी वामपन्थीहरूमा भने पहिलाे शक्ति बन्नेछाैँ । हाम्राे लक्ष्य त्यही हाे । यसका लागि बाँकी ६-८ महिनाचाहिँ अलिक काम गर्नुपर्छ । जनतामा जानुपर्छ ।’

२०६४ सालमा ठूलाे दल बनेकाे भएपनि त्यसपछि भने माओवादी केन्द्र खुम्चिँदै गएकाे समीक्षा गर्दै प्रचण्डले अब पुन: ०६४ तिरै फर्किनुपर्ने बताए । ‘हामीले साउन १५ सम्ममा उम्मेदवार टुङ्ग्याउनेछाैँ र तयारी भव्य गर्नेछाैँ । जसले हामीलाई सहयाे गर्नेछ चुनाव जित्नका लागि ।’ गएकाे स्थानीय निर्वाचनले माओवादी केन्द्रलाई धेरै कुरा सिकाएकाे उनकाे भनाइ छ ।

यस्तै उनले उम्मेदवारहरूकाे टुङ्गाे लगाउँदा जित्ने सम्भावना र लाेकप्रियतालाई विशेष ध्यान दिन निर्देशनसमेत दिए । यसअघिका निर्वाचनहरूमा यी २ कुरालाई नभइ अन्य कुराहरूलाई प्राथमिकता दिँदा हारेकाे उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *