५-११ वर्षका बालबालिकालाई कोरोनाविरुद्धको फाइजर खोप दिन शुरू (फोटोफिचर)

काठमाडौँ । काठमाडौँमा आज बिहीबारदेखि पाँच वर्षदेखि १२ वर्षमुनिका बालबालिकालाई कोरोना भाइरसविरुद्धको फाइजर खोप दिन शुरू गरिएको छ ।

सरकारले आज असार ९ गतेदेखि असार १५ गतेसम्म पहिलो चरणको खोप अभियान अन्तर्गत सातै प्रदेशबाट विभिन्न २७ जिल्लाका ५ देखि १२ वर्षमुनिका बालबालिकाहरूलाई कोरोना भाइरसविरुद्धको खोप ‘फाइजर बायोएनटेक’ लगाउन शुरू गरेको छ ।

काठमाडौँ जिल्लामा रहेका उक्त उमेर समूहका एक लाख ९० हजार बालबालिकालाई विद्यालयमै खोप लगाइने जिल्ला जनस्वास्थ्य शाखा काठमाडौँले जनाएको छ । यो अभियानअन्तर्गत देशभरि ७५३ वटै पालिकामार्फत् ३९ लाख बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइनेछ । काठमाडौँमा विद्यालयबाहेक बालमन्दिर र कारागारमा रहेका बालबालिकालाई समेत खोप लगाइने व्यवस्था गरिएको जनस्वास्थ्य महाशाखाले बताएको छ ।

यही असार ५ गते अमेरिकाको सहयोगमा कोभ्याक्स कार्यक्रममार्फत् करिब २२ लाख डोज फाइजर बायोएनटेक खोप नेपाल भित्रिएको हो ।

तस्वीरहरूः










प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *