माने बायर्नमा अनुबन्धित

काठमाडाैँ । जर्मनी च्याम्पियन बायर्न म्युनिखले साडियो मानेलाई भित्र्याएको औपचारिक घोषणा गरेको छ । ३० बर्षिय सेनेगलका स्ट्राइकर मानेले बायर्न म्युनिखमा जुन ३०, २०२५ सम्मका लागि सम्झौता गरेका हुन् ।

बायर्न म्युनिखले मानेलाई लिभरपुलबाट ४१ मिलियन युरोमा किनेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बायर्नले आफ्ना स्ट्राइकर रोबेर्ट लेवानडोस्कीले क्लब छोड्ने बताएपछि मानेलाई प्राथमिकता दिएको थियो । मानेले च्याम्पियन्स लिगको फाइनल पछि नै लिभरपुल छोड्ने इच्छा व्यक्त गरेका थिए ।

लिभरपुलमा ६ सिजन बिताएका मानेले २६९ खेल खेल्दै १२० गोल गरेका छन् । लिभरपुलमा रहदा मानेले प्रिमियर लिग, च्याम्पियन्स लिग, एफए कप, फिफा क्लब विश्वकप, युइएफए सुपर कप, इएफएल कपको एक एक उपाधि जितेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *