शङ्खरापुरमा टिपरको ठक्करबाट महिलाको मृत्यु

काठमाडौँ । काठमाडौँको शङ्खरापुर नगरपालिका–१ देउरालीमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

हिजो मंगलबार राति प्रदेश– ३–०१००६ ख ३४७४ नं को टिपरले ठक्कर दिँदा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका– १३ फटकशिला घर भएकी लीलामाई दनुवारको मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जनक पुरीले बताए ।

टिपर चालक सुमन लामालाई पक्राउ गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुरीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *