आजको सुनको मूल्य

काठमाडौँ । कारोबारको चौथो दिन आज बुधबार नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो मंगलबार भने छापावाल सुन प्रतितोला ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, मंगलबार प्रतितोला ९७ हजार २०० रुपैयाँमा कारोबार भएको तेजाबी सुनको मूल्य आज प्रतितोला ९६ हजार ८०० रुपैयाँ कायम  भएको छ ।

यसैगरी, मंगलबार प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भएको चाँदी आज बुधबार तोलामा १० रुपैयाँले प्रतितोला १ हजार २५५ रुपैयाँ कारोबार भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *