सातवटै प्रदेशमा वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने

काठमाडौँ । देशका अधिकांश भू-भागमा आज पनि वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । देशका विभिन्न भागमा आज बिहानैदेखि वर्षा भइरहेको छ । गण्डकी प्रदेशका केही स्थानमा बिहानैदेखि पानी परिरहेको छ । कर्णालीसँगै गण्डकी, मधेस प्रदेश र प्रदेश-१ मा आंशिकदेखि सामान्य बदली रहेको छ ।

दिउँसो प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश-१, बागमती प्रदेश, मधेस प्रदेश, गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

आज राति प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने जनाइएको छ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ । प्रदेश-१, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेका प्रदेशका पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्नसक्ने तथा दैनिक जीवन, यातायात क्षेत्र प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =