निजी सवारी आयात प्रतिबन्ध १ साउनदेखि फुकाउने मन्त्री बडूको आश्वासन

काठमाडौँ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले निजी सवारी आयातमा लगाइएको प्रतिबन्ध फुकाउन सरकारसँग माग गरेको छ ।

नाडाका अध्यक्ष ध्रव थापासहितको प्रतिनिधि टोलीले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूसँग भेट गरी सरकारले कार जीप र भ्यान जस्ता निजी प्रयोजनका सवारी साधन आयातमा लगाइएको प्रतिवन्ध फुकुवा गर्न माग गरेको हो ।

अध्यक्ष थापाले सरकारले देशको वर्तमान विदेशी मुद्रा सञ्चितिमा सुधार ल्याउन भन्दै निजी प्रयोजनका कार, जीप र भ्यानलाई आउँदो आषाढ मसान्तसम्म आयातमा प्रतिबन्ध लगाएको छ ।

निजी सवारी आयातमा लगाइएको प्रतिबन्ध, बैंक तथा वित्तीय निकायमा फाइनान्सको असहजता, एलसी मार्जिनमा गरिएका वृद्धि, जोखिम भार व्यवस्थापनमा गरिएका वृद्धि विषयले विगत ८ महिनादेखि अटोमोबाइल व्यवसायमा ८० प्रतिशतभन्दा बढीले ह्रास आएको थापाले बताए ।

अध्यक्ष थापाले देशलाई भन्सार विन्दुमा उठने परल मूल्यभन्दा दोब्बर राजस्व बुझाउँदै देशको कूल कर राजस्वमा झण्डै २५ प्रतिशत योगदान पु¥याएको नेपालको अटोमोवाइल क्षेत्रमा खर्बौंको लगानी तथा लार्खौंलाई रोजगारी प्रदान गरेका व्यवसायी अहिले धरासायी हुने अवस्थामा पुगेको भन्दै आयात खोल्न उनले आग्रह गरे ।

जवाफमा मन्त्री बडूले साउन १ गतेबाट उक्त प्रतिबन्ध फुकुवा हुने आवश्वासन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *