बाहिर एउटा भन्ने र भित्र अर्को गर्ने खालको द्वैध चरित्र देखाउन हुँदैनः ओली

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताएका छन् ।

पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिए । अध्यक्ष ओलीले भने, “नेपालले छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन आवश्यक छ । बाहिर एउटा भन्ने र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । ”

उनले कुनै मुलुक जनसङ्ख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *