यस्ता छन् रवि लामिछानेकाे दल राष्ट्रिय स्वतन्त्र पार्टीका मुख्य सात विशेषता

काठमाडाैँ । पूर्वसञ्चारकर्मी रवि लामिछानेले आफ्नो नवघोषित दल राष्ट्रिय स्वतन्त्र पार्टीका ७ विशेषता प्रस्तुत गरेका छन् । मंगलबार काठमाडाैँकाे राष्ट्रिय सभागृहबाट दलकाे घाेषणा गर्दै उनले ७ विशेषता प्रस्तुत गरेका हुन् । उनले प्रस्तुत गरेकाे विशेषताहरूमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री-मुख्यमन्त्रीदेखि परिवारवाद निशेषसम्म छन् ।
उनले देशभरबाट समानुपातिक भोट संकलन गर्नुपर्ने भएकोले पार्टी घोषणा गरेको बताएका छन् । उनकाे चुनाव चिह्न घण्टी रहेकाे छ । उनले बसुन्धारामा पार्टी कार्यालय खाेलेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकाे २१ सदस्यीय केन्द्रीय समिति रहने भएकाे छ ।
७ विशेषताहरू यस्ता छन्:
१, प्रारम्भिक निर्वाचन
२, बहुसंख्यक युवा
३, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, मुख्यमन्त्री
४, राइट टू रिकल एन्ड राइट टू रिजेक्ट
५, डिजिटल डेमोक्रेसी
६, परिवारवाद, नातावाद, कृपावाद निषेध
७, भ्रातृ संगठन र कार्यकर्तारहित








