योगलाई खेलकुदसँग जोड्नुपर्ने खेलकुद मन्त्रीकाे भनाइ

काठमाडाैँ । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले योगलाई खेलकुदसँग जोडेर हेर्नुपर्ने बताएका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा मंगलबार काठमाण्डौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अथकले योगलाई खेलकुदकै अंगका रूपमा विकास गर्नुपर्ने बताएका हुन् ।

पछिल्लो समय विश्वभर योग संस्कृतिले व्यापकता पाइरहेको उल्लेख गर्दै मन्त्रीअथकले खेलकुदका अलावा शिक्षा र स्वास्थ्यलाई समेत योग संस्कृतिसँग जोड्नुपर्ने बताए ।

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आर्ट अफलिभिङले वर्ल्ड ट्रेड सेन्टरमा आयोजना गरेको विशेष कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री अथक योगाभ्यासमा समेत सहभागी भएका थिए ।

हरेक वर्ष जुन २१ तारिकमा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ । संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *