जनकपुरधामस्थित एक क्याफेमा आगलागी, २० लाख बराबरको क्षति

काठमाडौँ । जनकपुरधामस्थित बाँसबारी रेष्टुरेन्ट एण्ड क्याफेमा आज बिहान आगलागी हुँदा रु. २० लाख मूल्य बराबरको क्षति भएको छ ।

सुकरबारी बजार नजिकै मसाला कटेजसँगै टाँसिएर सो क्याफेमा अचानक आगलागी हुँदा क्याफेभित्र रहेका सम्पूर्ण समान जलेर नष्ट हुँदा सो परिमाणमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । विद्युत् सर्ट भई आगलागी भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

बारुणयन्त्र र सुरक्षाकर्मीको प्रयासमा एक घण्टापछि आगो नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक क्षेत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *