‘वेटीङ्ग’ मन्त्री मेटमणि भन्छन्- जहिले बालुवाटारले बाेलाउँछ, त्यतिबेलै शपथ खान्छु

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा [एकीकृत समाजवादी] काे तर्फबाट शहरी विकासमन्त्रीमा प्रस्तावित मेटमणि चाैधरीले सत्ता साझेदार दलहरूका कारण आफूहरूकाे शपथ ग्रहणमा ढिलाइ भएकाे बताएका छन् । ‘सरकारमा रहेका अन्य दलहरूका कारण हाम्राे शपथ ग्रहणमा ढिलाइ भयाे,’ चाैधरीले मकालुखबरसँग भने, ‘अन्य कुनै कारण छैन ।’ यसअघि पत्रकारहरूसँगकाे संवादका क्रममा अध्यक्ष माधवकुमार नेपालले पनि साेही प्रकृतिकाे स्पष्टीकरण दिएका थिए । पत्रकारहरूकाे प्रश्नमा अध्यक्ष नेपालले भनेका थिए, ‘कांग्रेस र माओवादीका साथीहरूले हाम्राे पनि त्यस्तै माग छ । केही दिन पख्नुस् भनेपछि हामी राेकेका हाैँ ।’

अब भने उनले शपथ ग्रहणकाे विषयलाई लिएर काेही-कसैकाे ध्यानाकर्षण नगराउने बताउँछन् । ‘अब भने बालुवाटारले जहिले बाेलाउँछ, त्यतिबेलै शपथ खान्छु । हतार गर्दिनँ,’ उनले भनेका छन् । यसअघि ३ हप्ताअघि जेठ २५ गते [बुधबार] उनले २६ गतेसम्ममा आफूहरूले शपथ ग्रहण गरिसक्ने बताएका थिए । तर, शपथ ग्रहण भएन । ‘मैले २६ गतेसम्ममा हाम्राे पार्टीले सिफारिस गरेकाे मन्त्रीहरूकाे शपथ ग्रहण हुन्छ भनेकाे थिएँ,’ उनले स्वीकारे, ‘तर भएन । त्याेचाहिँ अन्य दलहरूकै कारण राेकियाे ।’

एकीकृत समाजवादीले गत जेठ २२ गते नै आफ्नाे पार्टीका तर्फबाट मन्त्री भएका नेताहरूलाई फिर्ता बाेलाएर अन्य नेताहरूलाई पठाउने निर्णय गरिसकेकाे छ । तर, नयाँ मन्त्रीहरूकाे शपथ ग्रहण हुन सकेकाे छैन । सिफारिस नयाँ मन्त्रीहरूमा चाैधरीसँगै भवानीप्रसाद खापुङ, जीवनराम श्रेष्ठ र शेरबहादुर कुँवर छन् । एकीकृत समाजवादीले रामकुमार झाँक्री, विराेध खतिवडा, किसानकुमार श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बाेलाइसकेकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *