‘कन्फिडेन्ट’ मेटमणि- ‘मन्त्रीहरूकाे शपथ भाेलिसम्म पक्कै हुन्छ’

काठमाडाैँ । एकीकृत समाजवादीको तर्फबाट शहरी विकासमन्त्रीमा सिफारिस भएका सांसद मेटमणि चौधरीले बिहीबारसम्म नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसक्ने बताएका छन् । बुधबार संसद्‌मा मन्त्रालयगत बजेटमाथिकाे छलफलमा भाग लिएर बाहिरिएका उनले पत्रकारहरूसँग यस्ताे बताएका हुन् । ‘पार्टीले निर्णय गर्‍यो,’ उनले भनेका छन्, ‘निर्णय गरिसकेपछि कार्यान्वयन हुन्छ । तर आज हामी पाँचदलीय गठबन्धनभित्रकै एउटा दल हो । एउटा पार्टी हो । हामीले शपथ ग्रहण गर्ने टाइम कन्फर्म गरिराख्दाखेरी जसपाका साथीहरूले केही दिन हामीलाई पनि पार्टीभित्रको आन्तरिक समस्या सम्बोधनको लागि केही समय चाहिन्छ भनेपछि केही समय केहीदिन ढिला मात्रै भएको हो । मन्त्री त सम्भवत: आज नभए भोलिसम्म फाइनल हुन्छ । आज भएन भने शपथ भोलि पक्कै हुन्छ ।’

उनले अन्य दलभित्र पनि मन्त्री हेरफेरकाे दबाब भएकाे भन्दै त्यसले पनि एकीकृत समाजवादीकाे निर्णयलाई प्रभावित गरेकाे बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *