त्रिचन्द्रमा विद्यार्थी र प्रहरीबिच झडप, केही विद्यार्थी घाइते (तस्वीरसहित)

काठमाडाैँ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको भारी मूल्यवृद्धिको विरोधमा साेमवार मसाल जुलुस निकालेकाे छ ।

अनेरास्ववियु केन्द्रीय अध्यक्ष सुनिता बरालको नेतृत्वमा निस्किएको जुलुस काठमाडाैँस्थित त्रिचन्द्र कलेजबाट सुरु भएकाे थियाे । विरोध जुलुसका क्रममा विद्यार्थीहरूले प्रधानमन्त्री शेरबहादुर देउवा र आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको पुत्ला समेत जलाएका छन् ।

प्रदर्शनकारीहरूले तीनधारा पाठशाला – घण्टाघर सडक केहीबेर अवरुद्ध गर्दै सरकार विरुद्ध नाराबाजीसमेत गरेका थिए ।

जुलुसलाई नियन्त्रण लिने क्रममा प्रहरीले लाठीचार्ज गरेपछि दोहरो झडपसमेत भएको छ । झडपका क्रममा विद्यार्थीहरूले ट्राफिक प्रहरीको भ्यान तोडफोड गरेका छन् भने लाठीचार्जबाट केही विद्यार्थी घाइते भएको अनेरास्ववियु अध्यक्ष सुनिता बरालले बताइन् ।

स्थिति नियन्त्रणबाहिर जाने भएपछि प्रहरीले केही सेल अश्रुग्याँससमेत प्रहार गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *