छैटौँ निसान कपको उपाधि नेपालयलाई

काठमाडौँ । राष्ट्रिय संस्थागत विद्यालय संघ (निसान) ले आयोजना गरेको अन्तर विद्यालय सेभेन ए साइड फुटसल प्रतियोगिताको उपाधि नेपालयले हात पारेको छ । कुल ३३ विद्यालयका ३६ टिमको सहभागी रहेको प्रतियोगितामा मनकामना माविलाई टाइब्रेकरमा ३-२ ले हराउँदै नेपालयले उपाधि चुमेको हो ।

प्रतियोगितामा लिटल बड्स माविलाई १-३ ले हराउँदै विट्स एकेडेमी तृतीय भयो । प्रतियोगितामा मनकामना माविका निशान्त लामा उत्कृष्ट खेलाडी बनेका छन् । उत्कृष्ट गोलरक्षकको उपाधि नेपालयका पृथ्वी खड्काले पाउँदा सर्वाधिक गोलकर्ता विट्स एकेडेमीमा सुजन बिक बने ।

प्रतियोगिताको फेयर प्ले टिमको अवार्ड जिवनतारा एकेडेमीले हात पार्‍यो । प्रथम द्वितीय र तृतीय हुने विद्यालयले ट्रफी मेडल र प्रमाणपत्र सहित क्रमशः नगद १५, १० र ५ हजार प्राप्त गरे । प्रतियोगिताको विजयी टिम र खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल, उपमेयर सान्नानी लामा र निसान पदाधिकारीहरूले पुरस्कार वितरण गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *