मदन भण्डारी स्पोटर्स एकेडेमी खेलकुद आयोजना गर्ने

काठमाडौँ । मदन भण्डारी स्पोटर्स एकेडेमीले विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।

एकेडेमीले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै ७१ औँ मदन जयन्तीका अवसरमा असार २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो ।

एकेडेमीले ८ प्रतियोगिताको तालिका समेत सार्वजनिक गरेको छ । खेल तालिका अनुसार भैरहवा दमक, वीरगन्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यू–१४, यू–१६ र यू–१८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि असार २० गतेसम्म हुनेछ । खुल्ला कलेज स्तरीय भलिबल प्रतियोगिता असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौँमा हुनेछ । झापामा रेस्लिङ प्रतियोगिता हुने एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले जानकारी दिए । उनले खेल र खेलाडीको विकासका लागि एकेडेमीले विभिन्न कार्यक्रम गर्दै आएको बताए ।

त्यस्तै बुटवल र काठमाडौँमा असार ११ देखि १६ सम्म विद्यालय स्तरीय बुद्धिचाल, अन्तर कलेज उपत्यका स्तरीय बास्केटबल काठमाडौँमा हुनेछ भने काठमाडौँमा असार १७ देखि १८ सम्म फूल कनट्याक्ट कराँते, असार २२ गते काठमाडौँमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यका स्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *