एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता छैन : विष्णु पौडेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमालेलाई कुनै वाम गठबन्धनको आवश्यकता नरहेको बताएका छन् ।

रिटर्नी फेडरेसन नेपालको लुम्बिनी प्रदेश स्तरीय भेलालाई आज शनिबार बुटवलमा सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले गठबन्धन बनाउने नाममा कुनै पनि नेतालाई प्रधानमन्त्री प्रस्ताव नगर्ने भन्दै एमालेलाई गठबन्धन बनाउन कुनै आवश्यक नभएको प्रष्ट पारेका हुन् ।

पौडेलले केही दलका नेताले आफूलाई एमालेले प्रधानमन्त्रीको प्रस्ताव गरेको भन्दै कांग्रेससँग बार्गेनिङ गरिरहेको जिकिर गरे । पौडेलले नेकपाको दुई-तिहाईको सरकार गिराएर विपक्षीको शरणमा जानेहरूलाई प्रधानमन्त्री स्वीकार गरेर गठबन्धन गर्ने कुराको कुनै तुक नभएको बताएका हुन् । उनले स्थानीय तहको निर्वाचनमा मतको हिसाबले अहिलेपनि एमाले नै पहिलो दल रहेको दाबी गर्दै आगामी निर्वाचनमा एमाले मत र सिटको हिसाबले पनि पहिलो दल बन्ने ठोकुवा गरे ।

साथै, पौडेलले विदेशबाट फर्किएका नेपाली युवाहरूलाई स्वदेशमै लगानी गरेर आत्मनिर्भर र आत्मसम्मानको जीवन बिताउन रिटर्नीहरूले हरेक जिल्लामा सामूहिक रूपमा नमूना आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *